कोहि आए जस्तो लाग्छ : सपना खड्का ( कविता )

कोहि आए जस्तो लाग्छ : सपना खड्का ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

टुक्रिएको मन सिलाउने कोहि आए जस्तो लाग्छ
भत्किएको मन बनाउने कोहि आए जस्तो लाग्छ
मेरो छेउमा बसे जस्तो मलाई सपोट गरे जस्तो
सिर्जना बनेर जिन्दगीमा कोहि आए जस्तो लाग्छ ।

हात थामेर लेख भन्छ कोहि आए जस्तो लाग्छ
संगीत बनेर जिन्दगीमा कोहि आए जस्तो लाग्छ
मेरा हरेक सिर्जनामा न्याउली कोइलिको गित होस
नदी जस्तै बगिरहोस कोहि आए जस्तो लाग्छ ।।

सितल छाहारी बनेर कोहि आए जस्तो लाग्छ
सास बनेर जिन्दगीमा कोहि आए जस्तो लाग्छ
रचनारुपी फुल बनेर बागबगैचामा फुल्नसकु
सिर्जानाको चौतारिमा कोहि आए जस्तो लाग्छ ।

सङ्गैसङ्गै छाया बनी कोहि आए जस्तो लाग्छ
कमल जस्तै मुस्कुराउने कोहि आए जस्तो लाग्छ
मन मन्दिरमा बसिसक्यो ज्ञानरुपि शब्द भण्डार
कलम बनी साहारा दिने कोहि आए जस्तो लाग्छ ।

पवनको धुन सङ्गै कोहि आए जस्तो लाग्छ
नदीनाला छाहारी सङ्ग कोहि आए जस्तो लाग्छ
प्रकृति मुस्कुराउछ गगन धर्तीको गीत सुनेर
धड्कनले महसुस गर्छ कोहि आए जस्तो लाग्छ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।