मेरी प्यारी आमा : शिक्षा बिष्ट (कविता)

मेरी प्यारी आमा : शिक्षा बिष्ट (कविता)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

जून जस्तै राम्री छिन् मेरी प्यारी आमा
त्योभन्दा नि राम्रो छ उनले गर्ने काम ।

साँझ बिहान भन्दिनन् सन्तानको लागि
मेरी प्यारी आमाजस्तो छैन कोही त्यागी ।

फुर्सद हुन्न उनलाई टुसुक्क बस्न एकछिन
कसरी सकुँला म उनले गरेका गुन तिर्न ?

सधैँभर उनको काख मेरो प्यारो सिरान
मेरी प्यारी आमा मेरो लागि हुन् परान ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।