त्रि–ज्योति मावी बुढानिलकण्ठ-१२ मा सरस्वती पूजाको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना
कपन अनलाइन
काठमाण्डौ ,माघ १२।
त्रि–ज्योतिमा.वि.ले सरस्वती पूजाको अवसर पारेर विभिन्न कार्यक्रम भव्य रुपमा आयोजना गरेको छ । विद्यालयका प्राचार्य गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्व प्राथमिक र प्राथमिकतहमाअध्ययनरत विद्यार्थीहरुले नृत्य, गीत, सगीत प्रस्तुतिदिएर उपस्थित सबै अभिभावकज्यूहरुलाई पूर्ण मनोरञ्जन प्रदान गरेका थिए ।
योगमा सहभागी विद्यार्थीहरुले योग कौशलद्वारा सबैको मन जितेको उक्त कार्यक्रममा नि.मा.वि. र मा.वि. तहका बालबालिकाहरुले आफ्नो नृत्य एवम् साङ्गीतिक प्रस्तुति दिएर कार्यक्रममा रोचकता थपेका थिए ।
विद्यार्थीहरुले विभिन्न खाने परिकारहरु विद्यार्थीको सक्रियताप्रतिफलको मात्र ज्ञान नराखी व्यापारलाई सफल र लोकप्रिय कसरी बनाउन सकिन्छ भन्ने व्यवहारिक ज्ञान दिने लक्ष्यले आयोजनागरिएको खाद्य परिकार प्रदर्शनीले सशभागीहरुको ध्यान खिचेको थियो ।
सरस्वतीमाताको मन्दिरमापूजा, प्राथना गरी सुरु गरिएको उक्रभव्यकार्यक्रमकाप्रमुखअतिथिबुनपा–१२ का वडा अध्यक्षशम्भुप्रसाद भट्टराई थिए भने साहित्यिक, सामाजिक क्षेत्रमा परिचितव्यक्तित्वहरुको उपस्थितिका कारण कार्यक्रमथप सुन्दर बनेको थियो ।
तपाइँको प्रतिक्रिया ।
