चार मुक्तक : क्षितिज बिरु राना
कपन अनलाइन
काठमाण्डौ ,माघ ३ ।
मलाई छोडेर जाओस् केही फरक पर्दैन
ठाँडो शिर पारी खाओस् केही फरक पर्दैन
म बिना एक्लै जीवन जिउँछु भन्नेले यहाँ
छुट्टै पहिचान बनाओस् केही फरक पर्दैन ।
मन भरी पीडा बोकेर बाँच्न मन छैन्
सधै मृत्युको बाटो रोकेर बाँच्न मन छैन्
हो खु सि छुट्टै मिल्छ भने एमलोक तिर
अभागी यो निधार ठोकेर बाँच्न मन छैन् ।
दिन रात यसैगरी बितोस् फरक पर्दैन
राखेर पीडा मनभरी बितोस फरक पर्दैन्
जिन्दगी सुख आउने पर्खाइमा झेल्नु पर्ने
खसालेर आशुको झरी बितोस फरक पर्दैन् ।
मलाई जानुपर्छ सिमापारी पैसा कमाउन्
घरमा एक्लै छोडेर विचारी पैसा कमाउन्
बालबालिका र बा आमा बेसाहरा बनाउदैँ
भएर भावविह्ल आँसु झारी पैसा कमाउन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
