चलाखी : ध्रुवराज थापा ‘पुरुष’ (लघुकथा)

चलाखी : ध्रुवराज थापा ‘पुरुष’ (लघुकथा)

कपन अनलाइन

काठमाडौं,पुस ६।

आज उसले अन्तिमपल्ट मन्दिर जाने निर्णय गर्यो ।
यसअघि ऊ सधैं सखारै मन्दिर पुग्थ्यो । भगवानको पाउ पथ्र्यो । विन्तिभाउ गथ्र्यो ! विलौना पोख्थ्यो ! अनुनय विनय गथ्र्यो । आफूलाई धनधान्य बनाईदिन वरदान माग्थ्यो । तर भगवानले उसको पुकार कहिल्यै सुनेनन् ।
आज ऊ साविककोभन्दा ढिला मन्दिर पुग्यो । ऊ रिसले चुर थियो । लामोलामो सास तान्दै भगवानलाई रिस पोख्यो, “भगवान तिमी लोभी रहेछौ । मैले यतिका वर्ष सेवा गरेँ बरदान दिन सकेनौ । अब म तिमीलाई नै वरदान दिन्छु ! तिमी नै अरबपति हुनु, तिम्रै जय कल्याण होस् ।”
ऊदेखि भगवान क्रोधित भए । मान्छे भएर भगवानलाई बरदान दिएको उनलाई मन परेन । भगवानले रिसको झोकमा उसलाई झपारे, “के मलाई अरबपति हुनु भन्छस् बरु तँ नै अरबपति भएस्, तेरै जय कल्याण होस् ।”
आखिर भगवानको गाली उसको लागि वरदान भयो । ऊ खुसीले गदगद भयो !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।