कोठीमा होइन खेतमा ब्युझेको बुद्धि :निर्जला शर्मा

कोठीमा होइन खेतमा ब्युझेको बुद्धि :निर्जला शर्मा

कपन अनलाइन

काठमाडौं,पुस ६।

सम्पन्न घर धर्मज्ञ बुबाको मनमा
परीक्षा लिने चाहना उठ्यो जीवनमा
तीन बुहारी तीन भाग्य तीन फरक चाल सबैलाई दिए दस दाना धानको बाल राख यी गेडा जतन गरी फर्काउनु पर्ला वाणी गम्भीर आज्ञा दिँदै बुबाले भन्ला

जेठी बुहारीको अज्ञानता
अमूल्य धान दश दान लागेन कुनै मोल कोठीभरि छ
यो त सानो महत्व यसको झोल
लापरवाहीमा उनले दाना फालिन् परेवालाई
न त हेरिन् त्यसको शक्ति न त राखिन् सम्हाली
सोचिन उनले पछि नयाँ दिए टर्छ सारा सम्पत्तिको साँचो अर्थ बुझिन्न बिचरा

माइलीको भुल
माइली बुहारीले गरिन् सावधानीको काम दानालाई पोको पारेर बसिन् लिँदै नाम बासाको ढुङ्ग्रोमा राखिन् दराजभित्र जतन त गरिन् तर जानिन्न यसको चित्र
बिउको स्वभाव उनीबाट लुकाएर राखियो
परिवर्तन शून्य समय त्यही रोकियो ।

कान्छी बुहारीको बुद्धि

कान्छी बुहारीले सोचिन् बिउको त धर्म छ कोठीमा थन्किएर बस्नु कालको कर्म छ जसको हेतु माटो हो उसलाई माटो नै देऊ
सपनाको ठूलो फल सानो दानाबाट लिउ रोपिन उनले दशौं दाना सिँचाइ गरिन् रातभर
धानले पायो जीवन भयो हरियो लहर फसल काटी फेरि रोपिन वर्षभरि क्रम चल्यो
कोठीमा हैन खेतमा उनको बुद्धिले जन्म लियो ।

बुबाले बुझे साँचो बुद्धि लगानी गर्नु सम्पत्तिको अर्थ केवल सञ्चय होइन सृजना गर्नु
कोठीमा होइन खेतमा जसको बुद्धि बिउझन्छ
त्यही हातले सारा परिवारलाई खुवाउँछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।