जाडो : भावना बराल ( कविता )

जाडो :  भावना बराल ( कविता )

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

आच्छु छु छु जाडो भयो
तातो तातो खाँउ
हातेमालो गर्दै गरौँ
पुष र माघलाई भगाउ ।

धुम्म परी नबसौ है
एकै ठाउँमा
कत्ति धेरै जाडो होला
गैरीगाँउमा ।

बा आमाको ख्याल गरौँ
जाडो बढ्दै गाछ
मुटु काम्ने चिसो साथी
मलाई पनि भाछ ।

पाए दुध पिउछु म त
चिया कफी खाँन्न
बा आमालाई नलिई म त
घुम्न कतै जान्न ।

फुर्तिलो भई काम गरौँ
न्यानो लुगा लगाई
बाल वृद्धको सेवा गरौँ
जोस जागर चलाई ।

शारीरिक व्यायाम अनि
तातो झोल नि खाने
पुष र माघको जाडो चाहिँ
लाग्छ ज्यानै लाने ।

नाक मुखबाट धुवा उड्यो
कानै ठाडो भयो
न्यानो लुगा लगाउदा नि
नाकलाई जाडो भयो ।

पुष र माघ त महिनै चिसो
काट्न कठिन साह्र्रो
धन हुनेलाई एसी हिटर
गरिबलाई हो गाह्रो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।