के छ त्यता ? राधिका पन्त ( कविता )

के छ त्यता ? राधिका पन्त ( कविता )

कपन अनलाइन

काठमाण्ड,कार्तिक ३०।

ती दुई थिए आँखाका नानी
भुल्दै गए बढेसी जवानी ।

फर्कियो घर्को छतै चढेर
बाबा र आमा गूँडमै छोडेर ।

बृद्धछ शरीर देख्दैन आँखा
बाँझो छ खेत रित्तो छ पाखा ।

लुलाझन् गोडा लठ्ठीको भर
हा !भन्ने छैन वर र पर ।

भुल्दैन अँझै मायाको डोरी
जाँदैन कतै घरगोठ छोडी ।

गैसके छोरा छोरीनाति कति
दयामाया गर्ने आफन्त जति ।

छोड्दैन वन धारो पधेँरो
झिमिक्कै निशा भय अँधेरो ।

निख्रदो छ साथ डर कहाली
खस्दैछन् उडेर मन पखाली ?
खालि छ पिँढी अगेनो चुलो
भरे नी माया जोखे नी ठुलो ।

शून्य शून्य छ भित्र र बाहिर
पंक्षीविनाको पिँजडा बनेर ।

बेसहारा मै प्राण बिसाई
छोडेर गय वैभव त्यागी ।

यस्तै छ हाल खबर यता
बिसाएँ भारी कस्तो छ त्यता ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।