भोलि काठमाण्डौ-४ का चार र क्षेत्र ५ का एक उम्मेदवार एकै मंचमा देखिने……

भोलि काठमाण्डौ-४ का चार र क्षेत्र ५ का एक उम्मेदवार एकै मंचमा देखिने……
कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

आगामी निर्वाचनलाई केन्द्रमा राख्दै शिक्षा, रोजगारी र सुशासन विषयमा नीतिगत बहस कार्यक्रम आयोजना हुने भएको छ। नेशनल कलेज र Speak Up Nepalको संयुक्त आयोजनामा हुन लागेको उक्त बहस कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का प्रमुख राजनीतिक दलका उम्मेदवारहरू र क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार  सहभागी हुनेछन्।

सो  कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ४ का  नेकपा (एमाले)बाट डा. राजन भट्टराई, नेपाली कांग्रेसबाट सचिन तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. सुरेन्द्र भण्डारी र नेपाली  कम्युनिष्ट पार्टीबाट इन्द्र भुसाल र  राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डौ क्षेत्र नं ५ का उम्मेदवार  सस्मित पोखरेलले आफ्ना नीति, दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्नेछन्।

 कार्यक्रममा शिक्षा सुधार, युवा रोजगारी सिर्जना, सुशासन, पारदर्शिता तथा समावेशी विकासका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रम शुक्रबार, फेब्रुअरी ६ ( माघ २३ ) २०२६ का दिन दिउँसो १:०० बजेदेखि नेशनल कलेजको अडिटोरियम, धुम्बाराही, काठमाडौंमा आयोजना हुनेछ। इच्छुक सहभागिहरूले QR कोडमार्फत अग्रिम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

तपाइँको प्रतिक्रिया ।