चार मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्ड,कार्तिक ३०।
आगो पानी सँगसँगै जेलिएको धेरै देखेँ
पानीबाटै आगो पनि पेलिएको धेरै देखेँ
भाँचिएका मनह?जोडिएका धेरै देखेँ
साथ पनि मनसँगै मोडिएका धेरै देखेँ ।
हिमालको डाँफेचरी मनै हर्ने रैछ
चकोरले चन्द्रमाको फन्को मार्ने रैछ
सुन्दरता छर्ने आभा जत्ति लुकाए नी
पूmल परै बसे पनि बास्ना छर्ने रैछ ।
त्यै पूmलको सुवासिलो आशा सुख थियो
मुटु छोएँ भनि मेरो मन ढुक्क थियो
वासनाको लेस पनि छैन भन्थिन् उनी
लुकाए नी अन्तर्भाव आँखा दिक्क थियो
मन्को भित्री बगैचामा फूल फुल्न सके
उन्नतिका तरेलीमा बाटो खुल्न सके
जीवन यो हराभरा हुने रैछ साथी
बारीभरि पसीनाका बाला झुल्न सके ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
