रोशी गाउँपालिकामा कर्मचारी आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १२।
रोशी गाउँपालिकाले विभिन्न पदहरूमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाको सूचना अनुसार स्वास्थ्य क्षेत्रका पदहरूमा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो।गाउँपालिकाले जनस्वास्थ्य अधिकृत, ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी गरी तीन पदका लागि आवेदन खुला गरेको छ।
आवेदन दिन इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। दरखास्त फारम रोशी गाउँपालिकाको वेबसाइट www.roshimun.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
उम्मेदवारको छनोट प्रक्रिया संक्षिप्त सूची प्रकाशन, लिखित परीक्षा र अन्तर्वार्ता मार्फत हुनेछ। आवश्यक योग्यता अनुसार स्वास्थ्य सम्बन्धी स्नातक वा प्रमाणपत्र तह पूरा गरेका उम्मेदवारहरू योग्य ठहरिनेछन्।
दरखास्त बुझाउने अन्तिम मिति २०८२ असोज २५ गते बेलुका ३ बजे तोकिएको छ। आवेदन दस्तुर गाउँपालिकाको कोषमा जम्मा गर्नुपर्ने र आवश्यक कागजातहरू सहित दरखास्त पेश गर्नुपर्ने जनाइएको छ।
