वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा कर्मचारी आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १२।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न पदहरूमा करार सेवामा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ। केन्द्रले आवश्यक जनशक्ति भर्नाका लागि योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो।
सूचना अनुसार, विभिन्न इन्जिनियर, सहायक र कम्प्युटर अपरेटर पदका लागि आवेदन खुला गरिएको छ। आवेदन दिन इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्।
पद तथा योग्यता विवरण:
१.इन्जिनियर – ७ जना
-
-
दरखास्त शुल्क: रु. १५००
-
शैक्षिक योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ वा मिक्यानिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण।
२.सिनियर सहायक – १ जना
-
दरखास्त शुल्क: रु. ७००
-
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह।
३.जुनियर सहायक – ५ जना
-
दरखास्त शुल्क: रु. ७००
-
शैक्षिक योग्यता: माध्यमिक शिक्षा उत्तीर्ण (S.E.E. वा सो सरह)।
४.कम्प्युटर अपरेटर – १ जना
-
दरखास्त शुल्क: रु. ७००
-
शैक्षिक योग्यता: माध्यमिक शिक्षा उत्तीर्ण र कम्प्युटर तालिम प्राप्त।
-
-
-
-
उम्मेदवारहरूले २०८२/०६/१५ देखि १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अधिक जानकारीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।
