राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रोजगारको अवसर !
कपन अनलाइन
काठमाण्डौ ,असोज २५।
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले करार सेवामा विभिन्न पदमा कर्मचारी पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। कम्पनीले आवश्यकताअनुसार करार सेवामा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
कम्पनीले प्रकाशित सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिले तोकिएको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्छ। साथै, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नागरिकता, सम्पर्क विवरण, ईमेल, टेलिफोन, मोबाइल नम्बर र बायोडाटा सहित दरखास्त पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
माग गरिएको पदहरूः
१. सहायक व्यवस्थापक (प्रशासन समूह, न.सु.ए.) – ४ जना
-
स्नातक तह पास गरी चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गर्नुपर्ने।
२. सहायक व्यवस्थापक (प्राविधिक – एक्चुरी समूह, न.सु.ए.) – १ जना
-
स्नातक तहको डिग्रीसहित Actuarial Science, Actuarial Mathematics (CMI) तथा Actuarial Professional Exam उत्तीर्ण गरेका उम्मेदवार।
३. सहायक सूचना प्रविधि (प्राविधिक – सूचना प्रविधि समूह, न.सु.ए.) – २ जना
-
स्नातक तह पास गरी कम्प्युटर इन्जिनियरिङ वा कम्प्युटर साइन्स/सूचना प्रविधि विषयमा स्नातक वा सो सरहको योग्यता।
करार अवधि र सुविधा:
-
करार अवधि हाललाई ६ महिना रहनेछ, कार्यसम्पादन मूल्याङ्कनका आधारमा नवीकरण गर्न सकिनेछ।
-
उमेरको हद दरखास्त दिनु पर्ने अन्तिम मितिसम्ममा ३५ वर्ष ननाघेको हुनुपर्ने।
-
सहायक व्यवस्थापक प्रशासन र प्राविधिक (एक्चुरी) पदका लागि पाउने तलब सुविधा समान रहनेछ भने सहायक सूचना प्रविधि पदका लागि तय गरिएको तलब सुविधा उपलब्ध हुनेछ।
आवेदन दिने मिति:
सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र दरखास्त दिनुपर्नेछ।
परीक्षा शुल्कः
-
सहायक व्यवस्थापक पदका लागि – रु. १,०००/-
-
सहायक सूचना प्रविधि पदका लागि – रु. ५००/-
सम्पर्क:
जनशक्ति व्यवस्थापन विभाग, प्रधान कार्यालय, रामशाह पथ, काठमाडौं
फोन नं.: ०१-५३२२८२०, Ext: ३१०, ३९०, ३९१
