श्री सेन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक आवश्यकता
कपन अनलाइन
काठमाण्डौ,असोज २।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित श्री सेन नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ले विज्ञान विषयका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले २०८२ साल साउन २२ गते प्रकाशित सूचना अनुसार माध्यमिक तहमा विज्ञान (वा गणित) विषयमा १ जना शिक्षक आवश्यक रहेको जनाएको छ।
पद विवरण:
-
पद: शिक्षक
-
तह: माध्यमिक
-
विषय: विज्ञान (वा गणित)
-
खुला पद संख्या: १
-
न्यूनतम योग्यता: स्नातक तह (विज्ञान संकायको जीवन विज्ञान वा गणित मुख्य विषय लिएर उत्तीर्ण) तथा १० वर्ष पुरा नगरी उमेर ४५ वर्ष ननाघेको, प्रयोगशाला सञ्चालन गर्न सक्ने क्षमता भएका उम्मेदवार।
दरखास्त सम्बन्धी विवरण:
-
दरखास्त खुला मिति: २०८२/०४/२२
-
दरखास्त बन्द मिति: २०८२/०५/०५
-
दरखास्त शुल्क: रु. २०००
-
परिक्षा प्रकार:
-
साधारण परीक्षा (वस्तुगत)
-
लिखित परीक्षा (विषयगत)
-
अन्तरवार्ता वा प्रयोगात्मक परीक्षा
-
आवश्यक कागजात:
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-
शैक्षिक योग्यताको प्रमाणपत्र
-
दरखास्त फाराम
-
दरखास्त शुल्कको भौचर
-
सम्बन्धित अनुभव भए प्रमाणपत्र
विशेष जानकारी:
-
अनुभवी तथा महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
-
तोकिएको म्याद नाघी आएको दरखास्त अस्वीकृत गरिनेछ।
-
कम्प्युटर ज्ञान भएकालाई अतिरिक्त प्राथमिकता दिइनेछ।
अधिक जानकारीका लागि सम्पर्क नम्बर ९८४२८७१९५४, ९८१२२०८४३० मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
