श्री भगवती माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षक आवश्यकता
कपन अनलाइन
काठमाण्डौ,असोज २।
गोरखा जिल्ला, गण्डकी गाउँपालिका–५ दार्बुङमा अवस्थित श्री भगवती माध्यमिक विद्यालय ले माध्यमिक तह (तृतीय अंग्रेजी) का लागि शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समिति र गण्डकी गाउँपालिकाको निर्णय अनुसार शिक्षक आवश्यकता खुलाइएको हो।
पद विवरण:
-
पद नं.: ०१/०८२/८३
-
पद: नि.मा.वि. तृतीय अंग्रेजी
-
पद संख्या: १ जना
-
न्यूनतम योग्यता: अंग्रेजी विषयमा +२ वा सो सरह उत्तीर्ण
-
नियुक्ति प्रकार: करार
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने
-
परीक्षा दस्तुर: रु. १,५००
-
परीक्षा प्रकार: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन
महत्वपूर्ण मिति:
-
दरखास्त दिने अन्तिम मिति: २०८२/०५/१० गते कार्यालय समयभित्र
-
सम्पर्क मिति: २०८२/०५/११
-
परीक्षा हुने मिति: सम्पर्क मितिमा जानकारी गराइनेछ
आवश्यक कागजात:
-
शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
-
स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
-
नेपाली नागरिकताको प्रतिलिपि
-
दरखास्त फाराम
दरखास्त दिने तरिका:
दरखास्त स्वयं उपस्थित भई वा इमेलमार्फत बुझाउन सकिनेछ। साथै, परीक्षा शुल्क विद्यालयको कोष विकास बैंकमा जम्मा गर्नुपर्नेछ।
अधिक जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ९८५११९५०६४ वा इमेल bhagawatisss2012@gmail.com मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
