पशुपति मित्र माध्यमिक विद्यालय काठमाण्डौ-७ मा शिक्षक आवश्यकता

पशुपति मित्र माध्यमिक विद्यालय काठमाण्डौ-७ मा शिक्षक आवश्यकता

कपन अनलाइन

काठमाण्डौ,असोज २।

काठमाडौं महानगरपालिका वडा नं ७ अन्तर्गत चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयले शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले २०७९ साल श्रावण २३ गते प्रकाशित सूचनामार्फत शिक्षक सेवा करारमा पदपूर्ति गर्न इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आग्रह गरेको हो।

सूचना अनुसार, माध्यमिक तह (दशौँ कक्षा माथि) का लागि दुई विषयका शिक्षक आवश्यक छन्।

  • सिभिल इञ्जिनियरिङ्ग विषयमा १ जना शिक्षक — न्यूनतम शैक्षिक योग्यता Master in Civil Engineering वा Bachelor in Civil Engineering (कम्तीमा एक वर्ष अनुभवसहित) हुनुपर्नेछ।

  • रसायन विज्ञान (Chemistry) विषयमा १ जना शिक्षक — न्यूनतम शैक्षिक योग्यता Master in Chemistry हुनुपर्नेछ।

यस पदका लागि मासिक पारिश्रमिक रु. १५,००निर्धारण गरिएको छ। इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, दरखास्त फाराम, हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ।

दरखास्त दिने अन्तिम मिति २०७९/०५/१२ गते शुक्रबार तोकिएको छ। परीक्षा सम्बन्धी विस्तृत जानकारी विद्यालयले पछि प्रकाशित गर्नेछ।

अधिक जानकारीका लागि विद्यालयको सम्पर्क नम्बर ०१-४५७०४३४, ९८५१०८५६६२, ९८४१९७५१२२ वा ईमेल pashupatimitra434@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।