नेपाल चार्टर आधारभूत विद्यालयमा ‘मेरो जन्मदिन, मेरो विद्यालय’ कार्यक्रम, अध्यक्ष श्रेष्ठले विद्यार्थी संग मनाए जन्मदिन

नेपाल चार्टर आधारभूत विद्यालयमा ‘मेरो जन्मदिन, मेरो विद्यालय’ कार्यक्रम, अध्यक्ष श्रेष्ठले विद्यार्थी संग मनाए जन्मदिन

बुढानिलकण्ठ–१० स्थित नेपाल चार्टर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष  तथा वडा नं. १० का निर्वाचित वडा सदस्य चन्द्रमान श्रेष्ठको जन्मदिनको अवसरमा ‘मेरो जन्मदिन, मेरो विद्यालय’ कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा १० जना बालबालिकालाई विद्यालयको पोशाक वितरण गरेका थिए ।कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले श्रेष्ठलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

श्रेष्ठले विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता र विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनहरूमा आफु  अझै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय रहने प्रतिवदत्ता ब्यक्त गरेका थिए ।

विद्यालय परिवारले श्रेष्ठको योगदान र सदाशयताको प्रशंसा गर्दै उहाँको स्वास्थ्य, दीर्घायु र सफल भविष्यको कामना गरेको छ।

तपाइँको प्रतिक्रिया ।