भदौ १ गते  श्रीकृष्णजन्माष्टमीका अवसरमा सार्वजनिक बिदा

भदौ १ गते  श्रीकृष्णजन्माष्टमीका अवसरमा सार्वजनिक बिदा

कपन अनलाइन

काठमाडौँ, साउन २९।

चन्द्रागिरि नगरपालिकाले आगामी भदौ १ गते  श्रीकृष्ण–जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाको २०८२/०४/२७ गतेको बैठकको निर्णयअनुसार नगर क्षेत्रका अधिकांश बडाहरूमा धूमधामका साथ श्रीकृष्ण–जन्माष्टमी मनाइने भएकाले उक्त दिन नगरपालिका कार्यालय, अन्तर्गतका निकाय तथा विद्यालयहरूमा सार्वजनिक बिदा रहनेछ।

नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुरेन्द्र थापा मगरद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई जानकारीका लागि उक्त निर्णय सार्वजनिक गरिएको उल्लेख गरिएको छ।

तपाइँको प्रतिक्रिया ।