सन राइज बोर्डिंग स्कुल बुढानिलकण्ठ-२ का विद्यार्थीहरुको शैक्षिक भ्रमण सम्पन

सन राइज बोर्डिंग स्कुल बुढानिलकण्ठ-२ का विद्यार्थीहरुको शैक्षिक भ्रमण सम्पन

कपन अनलाइन

काठमाडौँ, साउन २९।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको सन राइज बोर्डिंग स्कुलका विद्यार्थीहरुको शैक्षिक भ्रमण सम्पन भएको छ।

सन् राइज बोर्डिंग स्कुलl को सामाजिक विभागको आयोजनामा विद्यार्थीहरूलाई ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्वका स्थानहरूको एकदिने शैक्षिक भ्रमण गराइएको छ।

यस क्रममा विद्यार्थीहरूले विविध ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्व बोकेका स्थानहरूको अवलोकन गर्दै विभिन्न कला–कौशल, मन्दिर, पौराणिक कथा, ढुंगामा कुँदिएका चित्र तथा काठमा कुँदिएका कलाकृतिहरू नजिकबाट अध्ययन गर्ने अवसर प्राप्त गरेका थिए।

भ्रमणका क्रममा विद्यार्थीहरूले साँखु, गोकर्णेश्वर मन्दिर, उत्तरगया धाम, पशुपति विकास क्षेत्र, शंख पार्क, बौद्धनाथ, भक्तपुरजस्ता स्थानहरू भ्रमण गरेका थिए।

तपाइँको प्रतिक्रिया ।