नेकपा (एमाले ) राष्ट्रिय अपाङ्ता संगठन नेपाल बुढानीलकण्ठ नगर कमिटी गठन , को को बने ?
कपन अनलाइन
काठमाडौँ, साउन १८।
नेकपा (एमाले ) राष्ट्रिय अपाङ्ता संगठन नेपाल बुढानीलकण्ठ नगर कमिटी गठन भएको छ।
नेकपा (एमाले ) राष्ट्रिय अपाङ्ता संगठन नेपालका केन्द्रीय महासचिव रमेश लामाको प्रमुख आतिथ्यतामा भएको दोश्रो सम्मेलनले नगर कमिटी गठन गरेको छ।
उक्त दोस्रो सम्मेलनबाट अध्यक्षमा सृजना भण्डारी ,उपाध्यक्षमा कमला फुयाल सचिवमा टंक कालिकोटे, उपसचिवमा सिद्धार्थ केसी र कोषाध्यक्षमा रामकुमारी शाह निर्वाचित भएको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले जानकारी दिएका छन।
सो सम्मेलनमा नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ इन्चार्ज उद्दव प्रसाद खरेल,राष्ट्रिय अपाङ्ता संगठन नेपाल जिल्ला अध्यक्ष अम्बिका कुईकेल लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।
