चियासँग कविताको २५ औं श्रृङ्खलामा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अधिकारी प्रथम

चियासँग कविताको २५ औं श्रृङ्खलामा खुल्ला कविता प्रतियोगिता सम्पन्न, अधिकारी प्रथम

कपन अनलाइन
काठमाडौँ, साउन १८।

धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको २५ औं श्रृङ्खला एवम् रजत श्रृङ्खलाको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ ।
शुक्रबार रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्जको संयोजनमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा धनकुटाकी जोत्सना अधिकारी प्रथम भएकी छन् । यस्तै दृष्टि श्रेष्ठ द्वितिय भएकी छन् भने समिक्षा अधिकारी तृतीय भएकी छन् । यसैगरी प्रतियोगितामा डि.आर फूयाँल सान्तवना भएका थिए । प्रतियोगिताका प्रथम, द्वितिय, तृतीय र सान्तवना हुनेहरुलाई क्रमश ः नगद २ हजार ५ सय, १ हजार ५ सय, १ हजार र ५०० रुपैयाँका साथै प्रमाण पत्र वितरण गरिएको थियो ।
२५ औं श्रृङ्खलाको अवसरमा गरिएको खुल्ला कविता प्रतियोगितामा प्रतियोगितामा जम्मा २९ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा सहभागीहरुले धनकुटाको भुगोललाई आधार मानेर कविता बाचन गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई कार्यक्रमका पूर्व मन्त्री खानेपानी मन्त्री एवम् धनकुटाबा निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।