आदर्श माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाडौँ, साउन १८।
आदर्श माध्यमिक विद्यालय, गजुरी-१, धादिङले आफ्नाे विद्यालयमा रिक्त रहेका अङ्ग्रेजी विषयका शिक्षक पदमा एक जना करार सेवाका लागि दरखास्त आह्वान गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार यो सूचना प्रकाशित गरिएको हो।
विद्यालयले न्यूनतम शैक्षिक योग्यता कक्षा १२ पास (अङ्ग्रेजी मूल विषयसहित) भएका १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका योग्य उम्मेदवारहरूलाई दरखास्त दिन अनुरोध गरेको छ। सेवा करार (पालिका अनुदान) अन्तर्गत रहनेछ भने तलब सुविधा नियमानुसार हुनेछ।
आवश्यक कागजातहरू:
-
हस्तलिखित निवेदन
-
नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
-
शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रमाणित प्रतिलिपि
-
अध्यापन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि (यदि लागू हुन्छ)
-
व्यक्तिगत विवरण (Bio-data)
दरखास्त दिने अन्तिम मिति:
२०८२/०४/१९ गते कार्यालय समयभित्र
सम्पर्क विवरण:
-
फोन: ९८४३१०४१२१, ९८४०२०६००२
विद्यालयका प्रधानाध्यापक सुरेशप्रसाद वनेमको हस्ताक्षरमा प्रकाशित उक्त सूचनाका अनुसार सम्पूर्ण प्रक्रिया लिखित र मौखिक परीक्षामार्फत सम्पन्न गरिनेछ। इच्छुक र योग्य उम्मेदवारहरूले समयमै दरखास्त दिनु हुन विद्यालयले अनुरोध गरेको छ।
