छ बिषयमा उच्चतम जिपिए सहित प्रशान्ति स्कुल जिल्लामै उत्कृष्ट

छ बिषयमा उच्चतम जिपिए सहित प्रशान्ति स्कुल जिल्लामै उत्कृष्ट

कपन अनलाइन
काठमाडौँ, साउन ११।

नेसनल प्याब्सन काठमाण्डौ जिल्ला समितीले आयोजना गरेको सम्मान कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको प्रशान्ति एकेडेमीले उत्कृस्टता हासिल गरेको छ।

माध्यमिक शिक्षा परीक्षा २०८१ मा उच्चतम नतिजा हासिल गर्ने विद्यार्थी , सर्वोत्कृष्ट विषय शिक्षकहरू र उत्कृष्ट विद्यालयहरूलाई सम्मान गर्न एन प्याब्सनले आयोजना गरेको विशेष सम्मान समारोह आयोजना गरेको थियो।

अनुपम फुडल्यान्ड, बत्तिसपुतली, काठमाडौंमा भएको कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त रहेका थिए  भने कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत खड्काले गरेका थिए ।

समारोहमा प्रशान्ति एकेडेमीले नेपाली , सामाजीक, विज्ञान, गणित , कम्प्युटर , ऐ  गणित सहित छ वटा विषयहरु मा उत्कृष्टता हासिल गरेको ले सबै विषय शिक्षकहरूलाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गर्यो। परीक्षामा सोही विद्यालयले औसत ३.९१ ल्याएको हुदा २२ जना सम्मका विद्यार्थीहरूको वर्गमा उत्कृस्टता हासिल गरेको थियो ।

२२ जना भन्दा माथिल्लो समुहबाट उत्कृष्ट स्कुलको पुरस्कार सगरमाथा स्कुलले प्राप्त गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।