प्रशान्ती एकेडेमीको आयोजनामा एसइइ सम्मान तथा बधाई कार्यक्रम सप्पन्न

प्रशान्ती एकेडेमीको आयोजनामा एसइइ सम्मान तथा बधाई कार्यक्रम सप्पन्न

कपन अनलाइन

काठमाडौं,साउन ३।

बुढानिलकण्ठ नगरपालिका वडा -१२ मा रहेको   प्रशान्ती एकेडेमीको आयोजनामा एसइइ सम्मान तथा बधाई कार्यक्रम सप्पन्न भएको छ।
वडा -१२ मा रहेको इभर साइन पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा एसइइ परिक्षामा सफल विध्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
विध्यालय संचालक समितिका अध्यक्ष मुरारी प्रसाद भन्डारीको अध्यक्षतामा भएको सो समारोहमा बागमती प्रदेश सभा सदस्य जयराम थापा प्रमुख अतिथि रहेका थिए ।
सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा-१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई , नगर कार्यपालिका सदस्य शान्ता ढकाल, नेपाल सरकारका उपसचिव भानुभक्त बराल, LEADS का अध्यक्ष विष्णु चन्द्र अधिकारी, नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राजु पुडासैनी, लेखक तथा उत्प्रेरक धिर प्रसाद भन्डारी, समाजसेवीहरु सुन्दर चालिसे, बुद्धि प्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो  ।
विध्यालयका प्रधानाध्यापक समीर बास्तोलाले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन शिक्षक हरि श्रेष्ठले गरेका थिए।

तपाइँको प्रतिक्रिया ।