मायाको चट्कन : अंशु भट्ट ( लघुकथा)

मायाको चट्कन : अंशु भट्ट ( लघुकथा)

कपन अनलाइन

काठमाडौं,असार २१ ।

“छोरी ! कति पटक भने, टिभी हेर्नु अगाडि गृहकार्य सकाउनु भनेर टेर्दै नटेर्ने ।”
बाबुको स्वर आकाशजत्तिकै चर्को भयो । सुनिताले टुलुटुलु बाबुको रिसले रातो पिरो भएको अनुहारमा हेरी । केही भन्न भ्याउँनै नपाउँदै गालामा तातो चट्कन बज्यो ।
“बुझिस्? नपढ्नेलाई यस्तै गर्नु पर्छ ।” आमाले थपिन्,
सुनिता आँखा टलपलाउँदै मलिन भएर किताब समातिन तर उनलाई त्यो चट्कन सहि नसक्नु पिडादायी थियो, उनि घुक्क, घुक्क गर्दै रोईरहिँन, किताबका पानामा छरिएका आँशु बटुल्न थालिन ।
आमा – “तेरो माया नलाएर हो र ? माया बढि भएर बाबाले पिट्नु भएको ।” (छोरीको बगीरहेका आँशूहरू हेर्दै), के गर्छेस बाबै पढिनस भने भोलि दुःख पाउँछेस भनेर पिट्नु भएको बाबाले तँलाई ।
सुनिताले सोच्छिन् ‘माया पनि असाध्यै गर्नुहुन्छ सायद त्यसैले त बाबाआमा रिसाउँछन् । उनि बाबा आमाको माया सम्झेर आँशु पुछेर पढ्न थाल्छिन् ।’
उनि बिस्तारै हुर्किँदै गईन र हुर्काईसँगै, पिटाई चड्कन, अपशब्द त्यही करेन्टजस्तो स्वर सबैलाई उनले ‘माया’ भनेर बुझिन ।
जिन्दगीले अर्काे पाटो खोल्दा पनि त्यही भाषा दोहोरियो। एकदिन उनले एक्कासी बाबाले मध्यरातमा आमालाई कुटपिट गरेको थाहा पाईन । उनि आफ्नो कोठाबाट निस्केर आमा बाबाको कोठामा पुगीन, आमालाई बाबाले मोटो छडिले हाँन्दै थिए । उनको आमाले आँखा भरी आँशुले नाबालक छोरीलाई हेरीर, बाबाले रिसमा छोरीलाई कोठामा जाँन भन्यो र उनि लुरुक्क कोठातिर लागीन ।

बिहान खाना पस्कदाँ आमाको हातमा चोटको चिन्ह भेटाए र उनले आमाको मुखमा हेरीन । “दुखेको छ आमा हजुरलाई, बाबाले हजुरलाई धेरै माया गर्नुहुन्छ नि त त्यसैले हजुरले गतल नगर्नुहोस् भनेर मायामा पिट्नु भएको हो, बाबाले भनेझैँ गर्नुभयो भने हजुरलाई बाबाले फेरी फेरी पिट्नु हुन्न ।” उनका अबोध आँखामा आमा प्रति करुणा र बाबा प्रति सम्मान झल्किएको थियो ।
समयसँगै उनि ठुली भईन, उनको पनि विहे भयो र नयाँ परिवारको सुरुवात भयो ।
श्रीमानको पहिलो चट्कनमा उनी मौन भइन्, कहिले काँही रिसमा हात उठीहाल्छ नि । दोस्रो पटक उनी आफ्ना आँसु पुछ्दै मनमनै भनिन्, “उँहाले मलाई असाध्यै माया गर्नुहुन्छ, लामाको तनाब, को जिम्मेवारीमा कहिले काँही मानसिक तनाव भईहाल्छ त्यसैले रिसाउनुहुन्छ होला। उहाँले माया नगर्ने कहाँ हो र ? दुध दिने गाईको लात पनि त सहनु पर्छ, उहाँ त जिवनसाथी ।” उनले आँसुको घुट पिईन र बाल्यकालमा झै केहिबेर पछि हाँस्दै घर बाहिर निस्किन ।
तर समयसँगै त्यो चट्कनहरू मायाको होइन, नियन्त्रण र घमण्डको परिचय बन्न थाले । उनलाई हरेक दिन पिटाई पर्न थाल्यो, उनिसँग सधै जबरजस्ती हुन थाल्यो र सुनिताले पहिलोपटक आफ्नै मनलाई सोधिन् – “के साँच्चै माया चट्कन वा हिंसाबाट व्यक्त हुन्छ ?”
उत्तरमा एक चिसो सास आयो – “माया कोमल स्पर्श हो, चट्कन होइन ।”
तर ढीलो भईसकेको थियो, सिट्ठी लाग्दै गरेको कुकर उनको टाउकोमा उनकै माया गर्ने श्रीमानले बजारेर भागीसकेको थियो। उनको आखिर पलमा बाबाले हानेको चड्कन सम्झिन, म्यासेन्जरमा फोन गरीन ।
छोरीको फोनमा, छोरीको अन्तिम शाश र छताछुल्ल नदि सरि बगेको रगतको भेल थियो ।
स्क्रिनको अर्को छेउमा आमाले चिच्याउँदै सोधिन—“छोरी ! कसले ग¥यो यो सब ?”
सुनिताको जिब्रो भारी थियो, आँखा थकित ।
सुनिता हल्का मुकुराईन, “हजुरको कारणले आमा आज मेरो यो गति भयो । मायाको नाममा शारीरिक हिंसा सहने हजुरको संस्कार र शिक्षामा म प्रतिको हिंसा सर्वमान्य र सामान्य भएर आयो र प्रतिकार गर्न नसक्ने म हिंसालाई माया सम्झदा अन्तमा अकालमा यसरी मर्नु प¥यो । मैले विश्वास गरें, चड्कन पनि माया हो भनेर र हेर्नुहोस्, अन्तिम सास फेर्दासम्म म त्यही विश्वासमा बाँचेँ—त्यही विश्वासमा मरेँ ।”
उनले आफ्नो अन्तिम शास छोडिन, आमाको आँखामा ग्लानि र प्रश्चाताप स्पष्ट थियो ।
मायामा सम्झाई बुझाई हुन्छ, मायाको अर्को शब्द जिम्मेवारी हो । कुकुर, बिरालाहरूला झँै मनलाग्दा अङ्कमाल, हेरचाहा र खेलकुद र मन नलाग्दा मन नपर्दा कुटपिट, कैद र घर निकाला मानिससँगको सम्बन्धमा मान्य हुँदैन । बाबु, आमा केबल आशिर्वाद मात्र होईन विश्वको सबैभन्दा ठुलो जिम्मेवारी हो, छोरा छोरी बाबु आमाको सम्पति र ऋणी कहिल्यै होईन्न किनकी छोरा छोरीको जन्म बाबुआमाको स्वईच्छाले हुन्छ, बालबालिकाको अनुरोधले होइन र जसरी जनावरलाई मनलाग्दी मार पिट, कैद, घर निकाला गर्ने हक हुँदैन, त्यसरी जनावार पाल्ने हक हुँदैन त्यसरी नै सन्तानलाई मनलाग्दी वचन, अवहेलना र हात उँठाउँने हक कुनै बाबा आमालाई हूँदैन र जुन आमा बाबाले यसको परिपालना गर्न सक्नु हुँदैन उहाँहरूले सन्तान जन्माउने अधिकार पनि हुँदैन । हातपात कुटपिटले केबल बच्चाको कुटिनु र पिटिनु एउटा सामान्य कुरा हो भन्ने कुरा मस्तिष्कमा राख्न सिकाउँछ भबिष्यमा यस्ता कुटपिटलाई सामान्य र मायाको नाममा लिने स्वभावलाई बिकास गर्ने गर्दछ र कयांै अपराधी र कयौं अपराधको सिकार हुन पुग्दछन् । त्यसैले बाबा आमाले पनि हातपात होइन अन्य तरिकाबाट जिम्मेवारी निभाउँ र सबै बच्चाहरूलाई कुटपिटको विरोधमा खडिन बाल्यकालबाटै सिकाउँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।