नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १० कमिटीको आयोजनामा वृक्षारोपण
कपन अनलाइन
काठमाण्डौ,असार १५।
नेकपा एमाले बुढानीलकण्ठ नगरपालिका वडा नं १० कमिटीको आयोजनामा जननेता मदन भण्डारीको ७४ औ जन्म जयन्तिको अवसर पारेर बृक्षारोपण गरिएको छ। धोवीखोला कोरिडोर सहित विभिन्न स्थानमा भएको उक्त बृक्षारोपण कार्यक्रममा विभिन्न जातका सयौं विरुवाहरु रोपिएका थिए ।
सो अवसरमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटि अध्यक्ष दीपक निरौला,नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का संयोजक राजन कुमार पोख्रेल,नेकपा एमाले बुढानीलकण्ठ अध्यक्ष प्रदिप डंगोल,वडा कमिटी इन्चार्ज नवराज भट्टराई लगायत विभिन्न कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।
