एसईईमा टि आइ ए (टुङरम इन्टरनेशनल एकेडमी) को सफलता: उत्कृष्ट ग्रेडसहित शानदार नतिजा!

एसईईमा टि आइ ए (टुङरम इन्टरनेशनल एकेडमी) को सफलता: उत्कृष्ट ग्रेडसहित शानदार नतिजा!

कपन अनलाइन

काठमाडौं,असार १५।

टि आइ ए (टुङरम इन्टरनेशनल एकेडमी) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विगतका वर्षहरूको तुलनामा निकै उत्कृष्ट र शानदार नतिजा हासिल गर्दै विद्यालयको लागि नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका विद्यार्थीहरूले गरेको यो असाधारण प्रदर्शनले सम्पूर्ण विद्यालय परिवारमा खुसी र उत्साह छाएको छ।
प्राप्त जानकारी अनुसार, टि आइ ए (टुङरम इन्टरनेशनल एकेडमी) बाट यस वर्षको एसईई परीक्षा दिएका कुल विद्यार्थीमध्ये ३२ जना विद्यार्थीले A+ ग्रेड हासिल गर्न सफल भएका छन्। यसैगरी, ३८ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन्। यो नतिजा विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको लगनशीलताको प्रमाण हो।
विद्यालयका विद्यार्थी सार्थक राज धिताल ले विद्यालयमै सर्वाधिक उत्कृष्ट ग्रेड हासिल गर्दै शीर्ष स्थान ओगटेका छन्। साथै, सन्दिम पोखरेल, निश्चल घिमिरे, दिक्क्षा सर्मा, स्वस्तिका गिरि, र एमि शेर्पा ले पनि उत्कृष्ट ग्रेडका साथ सम्मानजनक स्थान हासिल गरेका छन्। यस वर्षको नतिजा गत वर्षको तुलनामा निकै राम्रो रहेको र यसले विद्यालयको शैक्षिक उन्नयनमा ठूलो फड्को मारेको विद्यालय प्रशासनले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।