बुढानिलकण्ठका सामुदायिक विद्यालयमा बाल उद्दारको उत्कृस्ट नतिजा, २४ जनाको ३.८० माथि

बुढानिलकण्ठका सामुदायिक विद्यालयमा बाल उद्दारको उत्कृस्ट नतिजा, २४ जनाको ३.८० माथि

कपन अनलाइन

काठमाण्डौ,असार १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार माविले एसइइ परिक्षामा सत प्रतिसत नतिजा हाशिल गरेको छ।

उक्त विद्यालयबाट एस इ इ परिक्षामा सामेल भएका ८४ जना विद्यार्थीले राम्रो ग्रेड सहित परिक्षामा सफलता प्राप्त गरेको विद्यालयले जानकारी दिएको छ।

उक्त विद्यालयकी दीपा पौडेलले ३.९७ ग्रेड प्राप्त गरेकी छन भने जेनिथ श्रेष्ठ,प्रयुशा पोखरेल र तृष्णा अधिकारीले ग्रेड ३.९६ प्राप्त गरेका छन त्यस्तै चार विद्यार्थीले ग्रेड ३.९२ प्राप्त गरेको प्रधानाध्यापक बिनोद पण्डितले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।