झोला : सुलभ भारति (कथा )

झोला :  सुलभ भारति (कथा )

कपन अनलाइन

काठमाण्डौ,असार १४।

हामी आफ्नै तवरको सुस्तिले चिनिन्छौ । हामी मननमा फरक छौ । आखामा लाउनु पर्ने चस्मा हो तर केटा मान्छेको फरक केटी मान्छेको फरक, यो दृष्टिकोणको उपज हो । हामी लवाजमा ठहरिन्छौ । लवाजकै लहैमा झोला बनाउने कम्पनीहरूलाई केटा मान्छेको भन्दा केटी मान्छेको झोलामा आम्दामी धेरै छ ।
एउटा पुरानो जादुगर थियो, झोलामा हात राखेर के–के निकालिदिन्थ्यो, झोला भित्र राखेर मान्छे गायब गरिदिन्थ्यो । त्यो झोलाले उस्को कुरा कस्तो मान्थ्यो ।झोला भित्र छिरेर एक दिन आफै गायब भयो । मैले कुरा गरिरहेको झोला न कुनै जादुगरको हो न मैले उस्लाई यो झोला भित्र छिरेर गायब भएको नै देखेको छु तर झ्–ट्ट हेर्दा एउटा सिङ्गै हात्तीलाई सुढले बाधेर कोचेको जस्तो ‘फ्वाक्क’ देखिन्छ यो झोला । यो झोलाले परेको खण्डमा घरमै प्राथमिक स्वास्थ सेवादेखि हस्पिटलको आकस्मित स्वास्थ सेवा दुइटै उपलब्ध गराउछ ।
यो झोलाको बानी मलाई पनि परेको छ । उसको संसार अटाउने झोलामा आजकाल म पनि आफ्नो तीन चार वटा कुराहरू राख्न दिइरहेको हुन्छु । मेरो आफ्नै सानो पैसा बोक्ने झोला पनि तेही झोला भित्र मिल्काइदेको छु, किनकि यो झोलाको मलाई तेती विश्वास छ जती मलाई आफ्नै छैन । म आफै साक्षी छु । मेरो हातमा पैसा अहिले पनि टिक्दैन । यो झोला खोल्दा महक फेरि कुनै अत्तरको भण्डारको ढोका खुलेको जस्तो आउछ । अगी भखर किनेर ल्याएको मोबालको रि–चार्ज काड पचास ओटा पुरानो चलाई सकेको रि–चार्ज कार्डसँग अल्मलिन्छ । कहिले लिपिस्टिक भेटियो कहिले गाजल भेटियो मेरो चाही अस्ती किनेर ल्याएको दारी काट्ने भेटिएको थिएन । नङ काटेर पनि झोलामै हालेको हो कि के हो भन्दा होईन रहेछ । प्ल्यास्टिक्को नङ्हरू पो रहेछन, उल्टो गाली खाइयो, “मेरो परेला हरू फाल्देलाउ; ए भगवान आखा पनि झोलामै हालेर हिड्दा रहेछन केटीहरू ।”
मैले साच्चिकै भनेको यो कुरा । पैसाको चिल्लरहरू बाहिर निकाल्ने हो भने तुरुन्तै घरको चारै वटा पिल्लरहरू बन्ला । बत्तिको बिलहरू पनि छ अनि उस्को चस्माको पिनहरू पनि छ । बिल तिर्न जादा बिल बिलसितै अल्मलिन्छ । घण्टौ उभिएको लाईनमा आफ्नो पछिकोलाई पहिले पालो दिने, एस्तो परिस्थिती पनि दोहोरिरहन्छ । अस्ती मात्र हो,एउटा साथीको बिहेको भोजबाट फर्केर राती घरको ढोका खोल्न खोज्दा हराउदै नहराएको चाबी मोबाइलको बत्ती बालेर बाटोमा खोज्दै हिड्नु परेको । पछी फोन आयो, झोलामै रहेछ । एसो के कुराले छोप्पेको पो रहेछ । कहिले तरकारी बजारमा पैसा तिरु भन्दा खुद्रा हराइदिन्छ ।अब हजारको नोटले एउटा काउली किन्न खोज्नु बुढा बुढी मिलेर साउजिको कपाल भुत्लाउन खोज्नु हो । त्यो दिन काउली साच्चिकै भोली खाउली भयो ।
राजा विश्वरथको विश्वामित्र सम्मको जिद्दी र विश्वामित्रको स्वर्ग सम्मको सृष्टी । एउटा साधारण गाई तर असाधारण क्षमताको थुन । त्यो थुनबाट अरु गाईको जस्तै दुध आउने हो तर यो नन्दिनिको थुनबाट निस्केको दुध जुन भाडामा खस्थ्यो नि त्यो भाडा पहिला सुनको बन्थ्यो, चम्चा चादिका बन्थे ।विस्व जितेर विस्वरथ ब्रहम ऋृषी वशिष्ठको आश्रममा खाना खान पलेटी कस्दाको कुरा हो । ऋृषी पत्नी अरुणदतीको हातमा भएको भाडोमा त दुध मात्र थियो तेस्पछी चमत्कार त राजा विस्वरथको खाने पात्रोमा भयो । पहिले दुधको एक थोपा सालको पात्रोमा प¥यो र पात्रो सुनको बन्यो । दुना र बोता मणी र मोति जडेका कचौराहरू बने ।अरुणद्तीले एक चम्चा दुध त्यो सुनको थालमा पोख्ने बित्तिकै काजु र किस्मिसले भरिएको पुलाउ उब्जेर आयो । यो देखेर राजा तीन छक परे । यसैगरी राजा विस्वरथको हजारौ सेनाहरूलाई अरुणद्तीले खान खान दिइन । घुमी फेरी पालो फेरि राजाको आयो ।अरुणदतीले सोधी के टक्राउ सरकार ? राजाले भने , “मलाई अलिकता खिर र दुइटा बेसनको लड्डु अनि थोरै सुजिको हलुवा पनि । “एक चम्चा दुध मात्र के थालिमा पोखिएको थियो, राजाको थाली खिरले भरिएर आयो । एक थोपा दुधले मणी जडेको कचौरामा बेसनको पाचवटा लड्डु देखाप¥यो । मोती जडेको कचौरामा सुजिको पाकेको हलुवा देखा प¥यो । कुरा पहिलेको भएपनि स्वादको होईन चमत्कारको हो ।
मैले पनि पुलाउ पकाउछु भन्दा एही झोलाबाट काजु निस्किन्छ्, नौनिकी डल्लो निस्किन्छ, ल्वाङ अ्ल्इचि, निस्किन्छ । भान्चा भण्डारमा चामल, नुन्, तेल सक्कियो झोला भित्रै मिल छ ।आफुलाई चिउरा खान मन भयो भने, आज चामल झोलामा हालेर भोली बिहान हेर्दा चिउरा बनिराको हुन्छ ।
यो झोला महिमा होईन ।यो झोला सर्वोच्च बनेको छ, हाम्रो लवाजको वर्गिकरणमा कम्मर माथि, कम्मर मुनि, कम्मरमा कस्ने डोरी होस कि पेटी। किन्नलाई बजार नै जानु पर्छ । झोला झोलामै अटाउछ । घर फर्किन साथ म किताब खोज्छु देवकोटा र बालकृष्णको मनोक्रान्तीहरू निस्कन्छ । होईन लेख्ने सिको गर्नुप¥यो भन्दा खाली पन्ना र कलमहरू निस्कन्छ । भुपिका सरल सुझाभहरू यो झोलामा टुथपेस्ट र मन्जन भएर बसिरहेका छन ।
मैले झोलालाई सरल लेखेको छु, सहज लेखेको छु । यो झोला मेरो प्यारिको झोला संसार अटाउने झोला ।यो झोला उस्को ल्याप्टपको घर पनि हो उसको मोबाइलको मामा घर पनि हो । सबै कुरा छ एस्मा तै पनि मैले आज एक्छिन उचाल्दा कती हलुका छ यो झोला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।