दुई समीक्षक : रामकुमार पण्डित (लघुकथा)

दुई समीक्षक : रामकुमार पण्डित (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ,असार १४।

समीक्षक एकः पूर्ण प्रसाद ब्राह्मणले झिल्कोलाई छोटो कथासङ्ग्रह भनेर छपाएका थिए ।
समीक्षक दुईः उनले छोटोकथा भने पनि, तिनको रचनामा आदि र अन्त्य विपरीत भावमा पाइनु, चोटिलो अन्त्य र व्यङ्ग्य भाव हुनुले इतिहासले लघुकथाको रूपमा स्वीकार ग¥यो ।
समीक्षक एकः हुन त हो । लघुकथा लेखेर बाहिर उपन्यास भनेर छाप्दैमा त्यो उपन्यास हुन्छ र ? उपन्यासको चिज हुनु परेन ?
समीक्षक दुईः हो त ! अचेल छोटोकथा लेखेर आफूले आफैँलाई धुरन्धर विद्घान मान्छन् । अनि पूर्ण प्रसादकै समयमा स्थापित मानदण्डलाई अनदेखा गरेर आफ्नै नियम बनाउँछन् ।
समीक्षक एकः आजको चल्ला हिजोको फुल, माउको अगाडि बच्चाको हुल ।
समीक्षक दुईः हा हा हा ! यिनको सिद्घान्त र रचनाको मूल्याङ्कन आउने पिढीँले गर्छन् । पूर्णप्रसाद लघुकथामा भित्रिए, यी चाहिँ पक्कै बाहिरिन्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।