हिसाबको कुरा : अस्मिना नेपाल (कविता )

हिसाबको कुरा :  अस्मिना नेपाल (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार १४।

विद्यार्थी जीवन पनि गणनाको यात्रा रहेछ
कहिले सपनाहररूमा कहिले अङ्कहरूमा

विद्यार्थीमा हरेक क्षण हरेक मिनेटको मोल गणितले सिकाउँछ रहेछ ठिक न डामाडोल
समयमै सफल गर्नुछ जीवनको गोल
बोलकबोल !

गणित रहेनछ मात्र एउटा विषय
यो त रहेछ जीवन भन्छन् कतिपय

सुरुवात नै गणनाबाट हुने रहेछ जिन्दगी
दुई आँखा, ५–५ औँला सिकारुको गन्ती
गणनाबाट नै सुरु भएछ जे छ
सोह्र वर्ष थाहा नपाइ बितिसकेछ !

आज बुझेँ कि जीन्दगीका चुनौती
गणितीय समस्या अनगिन्ती
बुझिदिनु होला, बिन्ती !

शून्य अनि १ देखि ९ को भार
बिस्तारै बुझिने सय र हजार
जीवनले चाहेको यन्त्र अपरम्पार !

कतिपय निर्णय त झन् प्रतिशतमा आउने
लाभ हानि हेरी प्रेम लाउने
गणित बुझे अर्थ पाउने !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।