चार मुक्तक : भुपेन्द्र राना मगर

चार मुक्तक :  भुपेन्द्र राना मगर

कपन अनलाइन

काठमाण्डौ,असार २०।

मलाई तिम्रो अभाव बारम्बार लाग्छ
तिमी बिना घरपनि अन्धकार लाग्छ
किन भगवानको प्यारी हुनु भो आमा ,
टुहुरोको जिन्दगी पृथ्वीको भार लाग्छ ।

आफ्नो अभागी निधार आफै पिटेको छु
आज बाध्यताले पिरको सास फेरेको छु
जिम्मेवारीको थप्पड खाएर अघि सरेँ,
दुःख गरेर नै जीवन जिउन सिकेको छु ।

किन आउछौं विनाशकारी बिल्ला भिर्नलाई ?
किन आउछौं घरिघरी हाम्रो जनता पिर्नलाई
भ्रष्टाचारी र बलाल्कारी बगाउन सक्दैनौं भने,
न आऊ बाढी नेपाल आमाको छाती चिर्नलाई ।

कसैले सुखमा बसेर दुःखको कहानी नहालोस्
पीडा भोग्न गाह्रो हुन्छ विष जानीजानी नहालोस्
चोखो मनले केही राहत देऊ दिन सकिन्छ भने,
आँसु पुछ्दिनेले हातमा नुन खुर्सानी नहालोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।