दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ,असार १४।

टियर ग्याँसले सताएर मरुँ जस्तो छ
सहरमा अझ आन्दोलन गरुँ जस्तो छ
वाक्क दिक्क भइयो यथार्थमा
अव त गाउँमा बसाइँ सरुँजस्तो छ ।

हेर यो नाममात्रको प्रजातन्त्र कस्तो छ
पुलिसको डन्डा आलुभन्दा सस्तो छ
के गर्ने अवत कविगोष्ठीमा पनि
हेल्मेट लगाएर कविता पाठ गरुँगरुँजस्तो छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।