विचरा मान्छे : बिष्णु उप्रेती (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
“ए काले ! हेर्न, त्यो मान्छे हेर्दा निकै भलाद्मी जस्तो छ । विचरा पागल भएर नानाथरी बोल्दै हिडदैछ । दुःख लाग्यो ।” बाटामाथि डिलमा बसेर गफगर्दै गरेका दुई कुकुर मध्ये रातो कुकुले भन्यो ।
“अहो, त्यो मान्छे त (पहिला हाम्रै गाँउका स्कुलको हेडसर पो त । विचरा लोभले लाभ, लाभले बिलाप, भएर यो हविगत भयो ।” राते कुकरले भन्यो ।
“यस्तो कसरी भयो ?मलाई पनि यसको कथा सुना न !”
“ल सुन, त्यो मान्छेको कथा । धेरै पैसा कमाउने, सात पुस्ता सम्मलाई सुख दिने इच्छाले मन्त्रीलाई तीस लाख पैसा दिएर शरणार्थी भिसामा अमेरिका पुगेछन्, हेडसर । शिबिरमा बस्नु पर्ने शरणार्थी । काम खोज्दै बजार घुम्ने भएछन । त्यहाँको नयाँ प्रशासनले शंका लागेर पक्रिएछ । सोधखोज गरि नक्कली थाहा पाएर नेपाल फर्काइ दिएछ अनि त सरको जागिर पनि गयो । घर पनि गयो । तीस लाख पनि गयो । धेरै खोज्ने चुत्को साउँ पनि फुत्को भयो ।” रातेले सरको कथा सुनायो ।
“यी मान्छेहरूमा कति धेरै लोभ र पाप हुन्छ है । मान्छे जति धेरै लोभी र पापी संसारमा अरु कुनै प्रणी हुदैनन् र आफैँ बहुलाउन आत्महत्या गर्न बाध्य हुन्छन् ।”
कुकुरहरु गफगर्दै बाटो लागे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक