श्रीमती : दिप मंग्राती (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४।
“आज निकै खुशी देखिन्छौ नि साथी” रमेसले समीरलाई भन्यो ।
“हो यार, आज हाम्रो विवाह भएको महिना दिन भयो त्यसैले आज चाडै घर पुग्नु छ ।”
“ल बधाई छ, साथी !” रमेशको नजरमा डाहा स्पष्टै देखिन्थ्यो ।
समीर घरि घरि गोजि छाम्दै अलिक चाँडो हिडिरहेको थियो । सिक्री हराउछ कि भन्नेमा ऊ सजग देखिन्थ्यो । जुन उसको पत्नीको लागि उपहार किनेको थियो ।
उसको श्रीमती निकै राम्री थिई, उसको तुलनामा । त्यसैले पनि ऊ श्रीमतीलाई अति नै माया गथ्र्यो । उसको भाग्य देखेर साथीहरु जिस्काउथे, लङ्गुरको हाथमा अङ्गुर भन्दै !
सुनको सिक्री देखेर उसको श्रीमतीको मुहारमा आउने खुशीको रङ्ग हेर्न ऊ आतुर थियो । घर पुगेर बिस्तारै डोका खोलेर भित्र पस्यो । श्रीमतीले थाहा नपाई पछाडिबाट हग गर्दै विवाहको एक महिना पुगेकोमा ऊ खुशी व्यक्त गर्न चाहाथ्यो । भित्र किचनमा उसको श्रीमती कसैसँग फोनमा कुरा गर्दै थिई ।
“तिमी छिटै आऊ, म तिम्रो बच्चाको आमा बन्नेवाली छु । त्यसैले मजबुरीमा यो लङुरसँग विवाह गर्नुर्पयो ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक