बुढानीलकण्ठमा सुर्तीजन्य पदार्थ सेवनको विरुद्ध जनचेतना कार्यक्रम आयोजना

बुढानीलकण्ठमा सुर्तीजन्य पदार्थ सेवनको विरुद्ध जनचेतना कार्यक्रम आयोजना

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

विश्व No tobacco Day (३१ मे २०२५) को अवसरमा बुढानीलकण्ठ नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल र नेपाल सरकारको सहयोगमा सुर्तीजन्य पदार्थ सेवनको विरुद्ध जनचेतना कार्यक्रम र संकल्प समारोह आयोजना गरिएको छ।
कार्यक्रमको मुख्य अतिथि माननीय मन्त्री प्र
दीप पौडेलले सुर्तीजन्य पदार्थ सेवनको हानिकारक प्रभावबारे जानकारी गराउँदै यसलाई त्याग्न स्वस्थ जीवनशैली अवलम्बन गर्न आह्वान गरे। बुढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले पनि तम्बाकूमुक्त समाज निर्माणमा सहभागिता जनाउन अपिल गरे।
यस कार्यक्रमको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु रहेको छ।
सहभागीहरूले तम्बाकू र धूम्रपान निषेध गर्ने संकल्प लिँदै यसको प्रयोग घटाउन सामूहिक प्रयास गर्न आवश्यकता रहेको बताए। स्वस्थ नेपाल निर्माणमा यस्ता अभियानले ठूलो भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको छ।
तपाइँको प्रतिक्रिया ।