बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ को आयोजनामा SEE दिएका विद्यार्थीहरूलाई सम्मान

बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ को आयोजनामा SEE दिएका विद्यार्थीहरूलाई सम्मान

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ को आयोजनामा तथा काष्ठमण्डप विद्यालय / ए-लेभलको सहकार्यमा SEE प्रशंसा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा वडा नं. ८ बाट SEE दिएका विद्यार्थीहरूलाई मायाको चिनो (Token of Love) द्वारा सम्मान गरिएको थियो।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए। साथै, काष्ठमण्डप ए-लेभलका समन्वयकर्ता यादव थपलियाज्यूको विशेष परामर्श सत्रले विद्यार्थीहरूलाई भविष्यप्रतिको योजनामा मार्गदर्शन तथा प्रेरणा प्रदान गर्यो।
कार्यक्रमका प्रमुख आकर्षण भनेको बुढानीलकण्ठ नगरपालिकाका उपमेयर आदरणीय अनिता लामाज्यूको प्रेरणादायी मन्तव्य रह्यो, जसले विद्यार्थीहरूलाई थप आत्मविश्वासका साथ अघि बढ्न उत्प्रेरित गर्यो।
कार्यक्रममा विशेष अतिथिहरूको रूपमा वडा नं. ८ वडा अध्यक्ष सुमन तामाङ, बुढानीलकण्ठ खेलकुद इन्चार्ज गोपाल डंगोल, बास्केटबल कप्तान बिराज राणा, काष्ठमण्डप विद्यालयका अतिथि यादव थपलिया, पवन अधिकारी, हिरा गुरुङ, रिचार्ड गोम्स र सिद्धार्थ रजकज्यूहरूको उपस्थिति तथा बहुमूल्य योगदानले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
यस कार्यक्रममा बुढानीलकण्ठ युवा परिषद् वडा नं. ८ का अध्यक्ष सृजन डंगोलले विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्दै आगामी दिनमा युवाहरूका लागि थप उपयोगी कार्यक्रमहरू ल्याउने वाचा गरेका थिए।
तपाइँको प्रतिक्रिया ।