उपत्यकाव्यापी महिला व्हील चेयर बास्केटबल प्रतियोगिता सम्पन्न

उपत्यकाव्यापी महिला व्हील चेयर बास्केटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

उपत्यकाव्यापी महिला व्हील चेयर बास्केटबल प्रतियोगितामा व्हील चेयर स्पोर्टस् एशोसिएसन (डब्लु.एस.ए.) ले प्रथम स्थान हासिल गरेको छ। काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा जावलाखेल व्हील चेयर स्पोर्टस क्लब ( जे.डब्लु.एस.सी.) ले दोस्रो स्थान, स्पाइनल कड इन्ज्युरी नेटवर्क नेपाल ( एस.सी.आइ.एन.एन.) ले तेस्रो स्थान हासिल गरे । विजेता टीमलाई महानगगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, नगद पुरस्कार, मेडल, ट्रफी प्रदान गर्नुभएको थियो भने कार्यपालिका सदस्य महेश नेपालीले प्रमाण पत्र प्रदान गरेकी थिइन्  ।

पहिलो हुने टीमलाई नगद ३० हजार रुपैयाँ, दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टीमलाई नगद १० हजारसहित पुरस्कृत गरिएको हो ।

खेलका उत्कृष्ट खेलाडी डब्लु.एस.ए.का टीना महर्जन र हाइ स्कोरर यही क्लवका ज्योती अर्याललाई जनही २ हजार ५ सय नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा ओमन इम्प्याक्ट नेपाल (डब्लु.आइ.एन) ले चौथो र बोधिसद्भाव इन एक्सन (बी.आइ.ए.) फाउन्डेसन पाँचौँ स्थान प्राप्त गरे ।

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले शनिवार राजधानीमा आयोजना गरेको प्रतियोगितामा विजेता टीमलार्य महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ट्रफी, प्रमाण पत्र र नगद ३० हजार रुपैयाँ प्रदान गरेकी थिइन्  ।

तपाइँको प्रतिक्रिया ।