सुरभिको १७३ औँ कार्यक्रममा श्रद्धाञ्जली सभा

सुरभिको १७३ औँ कार्यक्रममा श्रद्धाञ्जली सभा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १८।

सुरभि साहित्य प्रतिष्ठानको १७३ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुरभिका संरक्षक तथाअभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि प्रमुखअतिथि रहेका थिए भने   अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने र मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल रहेका थिए  ।
प्रमुख अतिथि वेदमणिले वाचित कथाहरूको सामान्य समीक्षा गर्दै विजय चालिसेको स्वर्गारोहणको घटनाले जीवन के हो भन्ने बुझ्नुपर्ने कुरा बताए  ।उनले कुनै पनि व्यक्तिले लेखेको कृतिवा गरेको कामले कीर्ति राख्न सके मात्र जीवन रहने नत्र मृत्युपछि कुनै निशाना नरहने हुँदाकीर्ति राख्ने कर्म गर्नुपर्ने बताए  ।उनले मृत्युसँग सम्बन्धित बोध कथा पनि सुनाए  ।
नियमित कथा वाचनको कार्यक्रम समापन पछि २०८२ जेठ १६ गते स्वर्गारोहण भएका कीर्तिशेष विजय चालिसेका तस्बिरमा पुष्पार्पण सहित श्रद्धाञ्जली सभागरी दिवङ्गत आत्माको चिर शान्तिको कामनागर्दै एक मिनेट मौनधारण गरिएको थियो ।कथावाचनको अन्त्यमा गरिएको यो कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले बोल्दै वियज चालिसेको साहित्यिक योगदानको चर्चा गर्दै आफ्नो हितैषी साहित्यका अभिभावक गुमाउँदाको पीडा व्यक्तगरेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यस कार्यक्रममा दिवाकर न्यौपाने, सुशील आचार्य, शर्मिला तिमल्सिना, एलिना चौलागाई, आर्या घिमिरे, परशुराम पराशर र घनश्याम प्रसाईंले कथा–लघुकथा वाचन गरेकाथिए ।

तपाइँको प्रतिक्रिया ।