बोधि सदन सेकेन्डरी स्कुलमा विद्यार्थी परिषद निर्वाचन सम्पन्न

बोधि सदन सेकेन्डरी स्कुलमा विद्यार्थी परिषद निर्वाचन  सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४/शान्भी तामाङ

बोधि सदन माध्यमिकविद्यालयमा यस शैक्षिक सत्रको विद्यार्थी परिषद्को निर्वाचन २०८२ साल जेठ ११ गते भव्य रूपमा सम्पन्न भएको छ। लोकतान्त्रिक विधिबाट सम्पन्न निर्वाचन मार्फत २१ सदस्यीय परिषद्मा १६ जना सदस्यहरू प्रत्यक्ष रूपमा निर्वाचित भएका छन् भने बाँकी ५ जना सदस्यहरू विद्यालय प्रशासनद्वारा मनोनीत गरिएको छ ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षकएवं सहयोगी कर्मचारीहरू मतदाता भई स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान सम्पन्न भएको थियो । निर्वाचन प्रक्रियाले विद्यालयमा नेतृत्वदायी चेतना र उत्तरदायित्वको भावना विकास गराएको छ।

विद्यार्थी परिषद्को अध्यक्ष पदमा जेसिका राउत सर्वसम्मत रूपमा निर्वाचितभएकी छिन् । उपाध्यक्ष पदमा नारन कार्की (प्रदीप) निर्वाचित भएका छन् भने मिङमा डोल्मा तामाङ सचिव पदमा विजयी भएकी छिन्। परिषद्को कोषाध्यक्षको जिम्मेवारी मनिषा तामाङले सम्हाल्ने भएकी छिन्।

हरित वातावरण र जलवायु सचेतनालाई प्राथमिकतामा राख्दै गठन गरिएको ग्रीन आर्मी बोधि सदन च्याप्टरको तर्फबाट पुजन दाहाल ‘विजोर कमाण्डर’का रूपमा चयन भएका छन् भने सान्भी तामाङ ‘जोर कमाण्डर’मा मनोनीत भएकी छिन्।

विविध छात्र क्लबहरूको नेतृत्वनिम्नअनुसार चयन गरिएको छः

इको क्लब – हिसे दोर्जे तामाङ
फाइनान्स क्लब – निसिकाथापा
मिडियाक्लब – समीक्षाश्रेष्ठ
मेडिकल क्लब – प्रायुष भट्टराई
स्पोट्र्स क्लब – सोहन खड्का
म्युजिकक्लब – दीपासनापोखरेल
आर्ट एन्ड क्राफ्ट क्लब – कुश्ना नेपाली

त्यसैगरी विद्यालयका चार (हाउस) हरूको क्याप्टेन तथाउप–क्याप्टेन निम्नानुसार निर्वाचितभएका छन् :

कर्णाली हाउस – विश्वास फुयाल (क्याप्टेन), रसिलापौडेल (उप–क्याप्टेन)
कोशी हाउस – आशाश्रेष्ठ (क्याप्टेन), दीप्ति गुरुङ (उप–क्याप्टेन)
नारायणी हाउस – मरियम पोखरेल (क्याप्टेन), कुश्मितादर्जी (उप–क्याप्टेन)
गण्डकी हाउस – सरस्वती खड्का (क्याप्टेन), ओस्माआचार्य (उप–क्याप्टेन)

निर्वाचित तथा मनोनीत परिषद्का सदस्यहरूलाई विद्यालय प्रशासनले हार्दिक बधाई तथा शुभकामना प्रदान गर्दै छात्र–छात्राको समग्र विकास, अनुशासन, नेतृत्वदक्षता र सहकार्यको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

(शान्भी तामाङ बोधि सदन माध्यमिकविद्यालयमा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।