आयोजक लोयल्टीको विजयी सुरुआत

आयोजक लोयल्टीको विजयी सुरुआत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोल गरे पराजित ग¥यो । लोयल्टीका रोहन गुप्ता र कृष बोहराले समान १–१ गोल गरे । अर्को खेलमा डीएस९६ ले टिम भोर्टेक्सलाई २–० ले हरायो ।
प्रतियोगिताको लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमबीच उद्घाटन गरे । लिग कम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन् । विजेताले २५ हजार र उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
एसइइ कपमा बास्केटबलको प्रतिस्पर्धा पनि हुने छ । बिहीबारदेखि सुरु हुने बास्केटबलको ब्वाइजमा ५ तथा गल्र्समा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगमा हासिल गरेको अंक आधारमा विजेता र उपविजेताको टुंगो लागाइने छ ।
ब्वाइजको विजेताले १० हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार पाउने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । गल्र्समा पहिलो हुनेले ७ हजार र दोश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।