बुढानिलकण्ठ नगरपालिकाको प्रहरी प्रमुखमा दिनेश देउजा

बुढानिलकण्ठ नगरपालिकाको प्रहरी प्रमुखमा दिनेश देउजा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

बुढानिलकण्ठ नगरपालिकाको प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त भएका छन। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी निरीक्षक पदमा नियुक्त भएका देउजालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थितिमा निरीक्षक देउजालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी प्रमुख पदमा नियुक्त गरिएको हो।

नेपाल प्रहरीबाट सेवामा प्रवेस गरेका बुढानिलकण्ठ -११ निवासी देउजा सशत्र प्रहरी बलको निरीक्षक पदबाट सेवा निवृत भएका थिए।

तपाइँको प्रतिक्रिया ।