काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड तारकेश्वर नगरपालिकालाई

काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड तारकेश्वर नगरपालिकालाई

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

तारकेश्वर नगरपालिकाले १४ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उपाधि जितेको छ ।तारकेश्वरले ३९ स्वर्ण, २५ रजत र १९ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात परेको छ  ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र १० कांस्यसाथ गोकर्णेश्वर नगरपालिका दोश्रो भयो। तेश्रो स्थानको चन्द्रागिरी नगरपालिकाले ६ स्वर्ण, १४ रजत र २५ कांस्य जितेको तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष एवं काठमाडौ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।