लोयल्टी एकेडेमी एसइइ कप आजदेखि हुने

लोयल्टी एकेडेमी एसइइ कप आजदेखि हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १४।

लोयल्टी एकेडेमीको आयोजनामा लोयल्टी एकेडेमी एसइइ कप बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलको प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी गराए ।
बास्केटबलको ब्वाइजमा ५ तथा गल्र्समा ४ टिमले सहभागिता जनाउने छन् । दुवै समूहको खेल राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । लिगमा हासिल गरेको अंकका आधारमा विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
सेभेन ए साइडको स्वरुपको फुटबलमा १६ ब्वाइज टिम सहभागी हुनेछ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
खेलाडीको प्रदर्शनका आधारमा ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले बताए । चारदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै हातामा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।