आमा : त्रिलोचन आचार्य (कविता )

आमा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ, बैशाख ६।

माटो यो सब सृष्टिको चहकिलो आमाविना हुन्छ र ?
मैलिन्छन् रचना सबै तर यहाँ, आमा सधैँ सुन्दर
को हिँड्ने पथमा?सिकाउनभनीआमानआएयहाँ?
पैसाले सब आउला तर भनून्, पाइन्छ आमाकहाँ?

आफैँ जोखिममा परेर कसले सन्तान जन्माउँछ ?
आफैँभोक खपेर नित्यकसले सन्तानहुर्काउँछ ?
झुत्रे आफु रहेर लाउँछ भनीनानाकिनी दिन्छ को ?
होला यो हकबाट बञ्चित बरा ! आमाविना बाँच्छ जो

टाढा जानु हुँदैन रुन्छ मन त्यो आएननानीभनी
को थाल्ने कखरा सिकाउन कसै होला नि ज्ञानी भनी
सिङ्गै रात सुतेन को ?व्यथित भै नानी नसुत्दा–रुँदा
मान्छे हो भन को निदाउछ ? कठै ! आमा बिरामीहुँदा

मान्छेको घर खै कहाँ छ भन हे ?आमाजहाँ त्यैँ घर
मान्छेमा भय जाग्छ जान्छ त कहाँ?आमाहुँदात्यो डर
आमाकै व्यवहारमा छ घरको हाँसो खुसी वैभव
आमाकै अनुहारमा छ घरको सञ्चो बिसञ्चो सब

यो मेरो तन चालढाल उनकै सत्प्रेमको तस्वीर
बग्दैछन् छहरा बनेर ममताआमासँगै झर्झर
हुन्छन् ईश्वर नै कतै यदिभने आमा स्वयं ईश्वर
जाऊँमन्दिर घुम्न आखिर कहाँ? छोडेर आमा घर

सारा विश्वजितौँ न आखिर अहा ! आमाविना भन्छ को ?
यी मेरा कविताप्रफुल्लितबनीआमाविना सुन्छ को ?
आमा एक गुमेर गुम्दछ भने सद्भावको सागर
मान्छेको परिकल्पना पर छ है आमाविनाको घर

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।