दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ, बैशाख ६।

सधै  यहाँ सुखै सुख खोजेर कहाँ पाइन्छर ?
सधै  मिठै मीठो खान खोजेर कहाँ पाईन्छ
भोगेर हेर्नुपर्छ संसारमा दुःखलाई पनि
सधै मखमली सैया रोजेर कहाँ पाइन्छ र ?

भौतिक मोहमा डुबेको छ यो संसार
क्षणिक वस्तुमा डुबेको छ यो संसार
आखिर सबै नै नाशवान वस्तुहरू हुन
तै पनि मान्छे यसैमा चुमेको यो संसार ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।