बुढानिलकण्ठमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संगठित,को को छन समितीमा ?

बुढानिलकण्ठमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संगठित,को को छन समितीमा ?

कपन अनलाइन

काठमाडौं , चैत २६।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत रहेका प्रधानाध्यापकहरु संगठित भएका छन।

चैत २५ गते भएको प्रधानाध्यापकहरुको बैठकले  Principal Association of Nepal Budhanilkantha गठन गरेको छ। उक्त बैठकले दिपक कार्कीको अध्यक्षतामा १८ सदस्यीय समिती गठन गरेको हो ।

सो समितीको उपाध्यक्षमा जानुका दाहाल र सचिवमा बलराम फुँयाल चयन भएका छन भने सह सचिवमा मुकुन्द बुढाथोकी र कोषाध्यक्षमा राम लामालाई चयन गरिएको छ।

त्यस्तै उक्त समितीको सदस्यहरुमा  शान्ता बुढाथोकी ,  सगुन कोइराला,  विष्णु काजि श्रेष्ठ,  हरेराम के सि,  पदम ब थापा मगर,  रामकाजी के.सि, इन्द्र बहादुर राई,  धोर्जे तामाङ, राजाराम भण्डारी, धर्मराज थापा,  मिम काजी श्रेष्ठ, बासुदेव थापा र बिनोद पण्डित रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।
Close