तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल रेस्लिङ भोलिदेखि सुरु

तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल रेस्लिङ भोलिदेखि सुरु

कपन अनलाइन

काठमाडौं , चैत २२।

नेपाल कुस्ती संघको आयोजनामा तेस्रो रामबृक्ष यादव राष्ट्रिय महिला तथा पुरुष कुश्ती प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । दुईदिने प्रतियागितामा ३ विभागीय टोली तथा ४ प्रदेश टोलीका अन्दाजी ९० खेलाडीको सहभागिता  छ ।
पहिलो दिन केही तौलसमूहका खेल भयो भने प्राविधिक बैठक पनि सम्पन्न भएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य– सचिव टंकलाल घिसिङले गर्ने छन् ।
प्रतियोगिताका फ्रिस्टाइल रेस्लिङका महिलाका ७ तथा पुरषका ७ गरी १४ स्पर्धा समावेश छन् । सन् २०२६ को एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई अभ्यास तथा आत्मबल बृद्धीमा समेत यो प्रतियोगिता महत्वपूर्ण सावित हुने अध्यक्ष कुसारीले बताए ।

तपाइँको प्रतिक्रिया ।
Close