त्रि ज्योति माध्यमिक विध्यालय बुढानिलकण्ठ -१२ को युकेजी दिक्षान्त समारोह सम्पन्न

त्रि ज्योति माध्यमिक विध्यालय बुढानिलकण्ठ -१२ को युकेजी दिक्षान्त समारोह सम्पन्न

कपन अनलाइन

काठमाडौं , चैत २३।

त्रि ज्योति माध्यमिक विध्यालय बुढानिलकण्ठ -१२ को युकेजी दिक्षान्त समारोह सम्पन्न भएको छ।

विध्यालय संचालक समितिका अध्यक्ष केशव प्रसाद दङालको अध्यक्षतामा भएको सो समारोहमा युकेजी उत्रिण विध्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

वरिष्ठ गायिका तथा बिध्यालय ब्यवस्थापन समितिकि अध्यक्ष ज्ञानु राणाको प्रमुख आतिथ्यमा भएको सो समारोहमा विध्यार्थीहरुले विभिन्न साङितिक तथा रचनात्मक प्रस्तुतिहरु पस्किएका थिए ।

तीन दशक भन्दा बढी समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको सो विध्यालयको दिक्षान्त समारोहमा बुढानिलकण्ठ नगरकार्यापलिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी ,शिक्षा सेवी रवी प्रसाद पौडेल , प्रधानाध्यापक गणेश कुमार मिश्र , पुर्व सचिब कुमार खड्का , समाजदेवी शुसिला खतिवडा सहित अभिभावकहरुको बाक्लो उपस्तिथि रहेकोे थियो।

तपाइँको प्रतिक्रिया ।
Close