बुढानिलकण्ठ-१२ का जेष्ठ नागरिकहरुलाई आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रम
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का जेष्ठ नागरिकहरुलाई आधारभूत तथा प्रविधिमूलक शिक्षा प्रदान गर्ने उदेस्यले कार्यक्रम शुभारम्भ गरिएको छ।
वडा नं १२ मा रहेको काठमाण्डौ विद्यालयको सभाहलमा बागमती प्रदेस सभा सदस्य जयराम थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो अभियानको उदघाटन गरिएको थियो।
वडा नं १२ की सदस्य तथा नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे सहित वडा नं १२ का जेष्ठ नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र जेष्ठ नागरिक जागरण नेपालको आयोजनामा एजिङ नेपाल र बाल सचेतना नेपालको सहकार्यमा भएको उक्त कार्यक्रममा नगरपालिकाका वडा नं १० का अध्यक्ष तथा प्रवक्ता नवराज भट्टराई सहित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, समाजसेवीहरुको पनि सहभागिता रहेको थियो।
तपाइँको प्रतिक्रिया ।